बिहिबार ३ हजार ६०० रुपैयाँले बढ्यो सुनको मूल्य


काठमाडौँ । बिहिबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य बिहिबार ३ हजार ६०० रुपैयाँले बढेको हो ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर एक हजार ९६० रुपैयाँ कायम भएको छ ।