काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले यही वैशाख ७ गते काठमाडौंका निषेधित क्षेत्रमा आन्दोलन गर्ने निर्णय गरेको छ ।बिहीवार पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बसेको पार्टी केन्द्रिय कार्य सम्पादन समितिको बैठक यस्तो निर्णय गरेको पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बताए ।
उनले सरकारले नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हकलाई संकुचित पार्ने प्रयास गरेका कारण निषेधित क्षेत्रमै आन्दोलन गर्ने निर्णय गरिएको बताए ।
उनकाअनुसार बैठकले पार्टी संगठन बिस्तार र आन्दोलनलाई सँगसँगै लैजाने निर्णय समेत गरेको छ । उनले वैशाख ९ गते ७७ वटै जिल्लामा विरोध सभा, धर्ना र प्रदर्शनका कार्यक्रम आयोजना गर्ने निर्णय समेत गरेको छ । उपत्यकाका प्रत्येक वडामा संगठन मजबुत बनाउँदै आन्दोलनकेन्द्रित गर्ने पनि निर्णय भएको बताए ।
उनले तीनकुने आन्दोलनपछि पक्राउ परेका नेताहरूको रिहाईको लागि राजनीतिक एवं कानूनी लडाईं सशक्त रूपमा अगाडी लैजाने निर्णय भएको बताए । उनले पार्टीका आन्दोलनसम्बन्धी कार्यक्रमहरुलाई व्यवस्थित गर्न एउटा विशेष कमिटी गठन गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस्