काठमाडौँ । सिन्धुलीको सुनकोशी गाउँपालिकाले फरक विचार बाेक्ने शिक्षक र कर्मचारीहरूकाे सरूवा गराएकाे भन्दै ध्यानाकर्षण गराएकाे छ ।
नेकपा एमाले सिन्धुली जिल्ला सदस्य ध्रुव नारायण लामा सहितको टोलीले सुनकोशी गाउँपालिका उपाध्यक्ष कपिल कोइरालालाई भेटेर सरूवा तत्काल राेक्न ध्यानाकर्षण गराएको हो ।
विचार फरक भएको आधारमा अपाङ्गता भएका शिक्षक लगायत अन्य कर्मचारीहरु पनि सरुवा गरेकोले उपाध्यक्ष कोइरालालाई भेटेर ध्यानाकर्षण गराएको लामाले बताए ।
प्रतिक्रिया दिनुहोस्