अमेरिकी करले अर्थतन्त्र खतरामा पर्ने भन्दै युरोपेली केन्द्रीय बैंकले ब्याजदर घटायो


युरोपेली केन्द्रीय बैंकले आफ्नो मुख्य ब्याजदर एक चौथाई प्रतिशतले घटाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भन्सार दर वृद्धि गरेर विश्वव्यापी व्यापार युद्ध सुरु गरेपछि बढ्दो व्यापार तनावलाई कम गर्न ब्याजदर घटाएको युरोपेली केन्द्रीय बैंकले जनाएको छ ।

युरो प्रयोग गर्ने २० देशहरूले विश्वव्यापी झट्काको विरुद्ध लचिलोपन निर्माण गरे पनि, बढ्दो व्यापार तनावका कारण (आर्थिक) वृद्धिको दृष्टिकोण बिग्रिएको युरोपेली केन्द्रीय बैंकले भनेको छ ।

केन्द्रीय बैंकले अमेरिकी भन्सार दरले अर्थतन्त्रमा भार पार्न सक्ने र ठूला कम्पनीदेखि सबै मानिसहरूलाई हानि पु¥याउन सक्ने भन्दै चेतावनी दिएको छ । अन्तर्राष्ट्रिय मुद्रा कोष, विश्व व्यापार संगठन, अमेरिकी संघीय रिजर्भका अध्यक्ष जेरोम पावेल र अन्यले पनि यस्तै चेतावनी जारी गरेका छन्।

युरोपेली केन्द्रीय बैंककी अध्यक्ष क्रिस्टीन लागार्डले अन्तर्राष्ट्रिय वाणिज्यमा अवरोध, वित्तीय बजार तनाव र भूराजनीतिक अनिश्चितताले व्यापार लगानीमा भार पारिरहेको बताइन् । उपभोक्ताहरू भविष्यको बारेमा बढी सतर्क हुँदै जाँदा उनीहरुले खर्च गर्न पछडी हट्न सक्ने उनले उल्लेख गरेको सिएनएनले उल्लेख गरेको छ ।

मार्चमा भएको नीति बैठकमा युरोपेली केन्द्रीय बैंकको नीति विपरीत अमेरिकी संघीय रिजर्भले दरहरू स्थिर राखेको थियो । जसले व्यापार अनिश्चितताले दरहरूलाई केही समयसम्म होल्डमा राख्ने जनाएको छ ।