मार्चमा अष्ट्रेलियाको बेरोजगारी ४.१ प्रतिशतले बढ्यो


आधिकारिक तथ्याङ्कअनुसार मार्चमा अष्ट्रेलियाको बेरोजगारी दर केही बढेको छ । अष्ट्रेलियाली तथ्याङ्क ब्यूरोले मार्चमा आधिकारिक बेरोजगारी दर ४.१ प्रतिशत रहेको बताएको छ ।

जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । रोजगारीमा मौसमी उतारचढावलाई सहज बनाउने प्रवृत्तिको हिसावले दर लगातार पाँच महिनासम्म ४.० प्रतिशतमा रहेको जनाएको छ । रोजगारी पाएका अष्ट्रेलियालीहरूको संख्या विगत १२ महिनामा ३ लाख ८ हजार व्यक्ति वा २.२ प्रतिशतले बढेको छ ।

जुन महामारी अघिको २० वर्षको औसत २.० प्रतिशत भन्दा अलि बढी हो । फेब्रुअरी र मार्चको बिचमा रोजगारी पाएका अष्ट्रेलियालीहरूको संख्या ३२ हजार २ सयले बढेको बताएको छ । जुन सोही अवधिमा बेरोजगारहरूको संख्या ३ हजारले बढेकोले थोरै अफसेट गरिएको छ ।

कोषाध्यक्ष जिम चाल्मर्सले आफू तथ्याङ्कबाट खुशी भएको बताउनु भयो । एबीएसका श्रम तथ्याङ्क प्रमुख शन क्रिकले मार्चमा रोजगारी–जनसंख्या अनुपात ६४.१ प्रतिशतमा रह्यो ।