काठमाडौँ । चालू आर्थिक वर्षको ९ महिनमा नेपालको वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक गरेको चैतसम्म तथ्यांक अनुसार गत आर्थिक वर्षको ९ महिनाको तुलनामा चालू आर्थिक वर्षको ९ महिनामा वैदेशिक व्यापार १६.८९ प्रतिशतले बढेको जनाएको छ ।
यो अवधिमा नेपालले १४ खर्ब ९७ अर्ब ७२ करोड ७९ लाख ८ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।
नेपालले चालू आर्थिक वर्षको ९ महिनामा एक खर्ब ८८ अर्ब १९ करोड ५० लाख ७० हजार रुपैयाँ बराबरको निर्यात गरेको छ । यो गत अर्थिक वर्षको सोही अवधिको तुलनामा ६५.१६ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको चैत महिनासम्म नेपालले एक खर्ब १३ अर्ब ९४ करोड ६० लाख ७ हजार रुपैयाँ बराबरको निर्यात गरेको थियो ।
नेपालको आयात १२.१८ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको चैत महिनासम्म नेपालले १३ खर्ब ९ अर्ब ५३ करोड २८ लाख ३८ हजार रुपैयाँ बराबरको आयात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालले ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख ८ हजार रुपैयाँ बराबरको आयात गरेको थियो ।
नेपालको व्यापार घाटा ११ खर्ब २१ अर्ब ३३ करोड ७७ लाख ६८ हजार रुपैयाँ पुगेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.४५ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख एक हजार रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्