प्रमुख आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तक सार्वजनिक


काठमाडौं । राष्ट्रिय योजना आयोगले प्रमुख आर्थिक सूचकको प्रयोग विधि पुस्तक सार्वजनिक गरेको छ । पछिल्लो समय नेपालमा आर्थिक क्रियाकलापको विस्तारसँगै यससँग सम्बन्धित तथ्याङ्क तथा सूचकहरूको माग पनि वृद्धि भइरहेको अवस्थामा पुस्तक सार्वजनिक गरेको आयोगले जनाएको छ।

माग तथा प्रयोगमा भएको वृद्धिसँगै अर्थतन्त्रको अद्यावधिक मापकको रूपमा लिइने आर्थिक सूचकहरूको सहि प्रयोग बढाई दुरूपयोग निराकरण गर्नुपर्ने आवश्यकता रहेको आयोगले उल्लेख गरेको छ।

बारम्बार प्रयोगमा आइरहने आर्थिक सूचकहरूको सहि प्रयोग अभिवृद्धिलाई लक्षित गरी वि।सं। २०७९ मा प्रमुख आर्थिक सूचकहरूको प्रयोग विधि सम्बन्धी पुस्तक राष्ट्रिय योजना आयोगवाट तयार गरी वेबसाइटमा प्रकाशन गरिएको थियो।

यस प्रकाशनमा उल्लेख गरिएका सूचकहरूको अवधारणा तथा परिभाषा, मापन विधि, स्रोत लगायतका विषयमा भएको परिवर्तन समेतलाई मध्यनजर गर्दै सो प्रकाशनलाई सामयिकरूपमा अद्यावधिक गरी हाल मुद्रित प्रतिसहित प्रकाशन गरिएको छ।

प्रकाशित पुस्तक सरकारी तथा गैरसरकारी निकाय, अनुसन्धानकर्ता, सञ्चारकर्मी, अध्यतालगायत सबै प्रयोगकर्ताहरूका लागि उपयोगी हुने अपेक्षा गरिएको छ।