काठमाडौँ । चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरुको खराब कर्जा बढेको छ । बैंकहरुले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार २ ओटा वाणिज्य बैंकहरुको खराब कर्जा घटेको छ भने बाँकी १८ ओटाको बढेको छ ।
खराब कर्जा स्ट्याण्डर्ड चार्टड बैंक र एभरेष्ट बैंकको घटेको हो । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म स्ट्याडर्ड चार्टड बैंकको खराब कर्जा १.४४ प्रतिशत रहेको छ । गत आर्थिक वर्षको सोही अवधिमा उक्त बैंकको खराब कर्जा २.१४ प्रतिशत रहेको थियो ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ०.७० प्रतिशत रहेको एभरेष्ट बैंकको खराब कर्जा चालू आर्थिक वर्षको सोही अवधिमा ०.६४ प्रतिशत रहेको छ ।
सबैभन्दा बढि खराब कर्जा हिमालयन बैंकको पुगेको छ हिमालयन बैंकको खराब कर्जा ७.६८ प्रतिशत पुगेको छ गत आर्थिक वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ४.९६ प्रतिशत रहेको थियो ।
कुमारी बैंकको ६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.०६ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआईसी एशिया बैंकको ५.७५ प्रतिशत, सिटिजन्स बैंकको ५.७१ प्रतिशत, प्राइम कर्मशियल बैंकको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत, प्रभु बैंकको ५.०९ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.९८ प्रतिशत र कृषि विकास बैंकको ४.९८ प्रतिशत खराब कर्जा रहेको छ ।
यस्तै, नबिल बैंकको ४.९६ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ४.६९ प्रतिशत, माछापुच्छे« बैंकको ४.५९ प्रतिशत, , एनएमबी बैंकको ४.४७ प्रतिशत, नेपाल एसबिआई बैंकको ४.०६ प्रतिशत सिद्धार्थ बैंकको ४.०४ प्रतिशत र सानिमा बैंकको खराब कर्जा ३.४२ प्रतिशत पु्गेको छ ।
प्रतिक्रिया दिनुहोस्