काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मुद्दती निक्षेपमा ५८ करोड रुपैयाँ लगानी गर्ने भएको छ । राष्ट्र बैंकको उपदान तथा पेन्सन कोषमा रहेको लागि लगानी गर्न लागेको हो ।
२०८२ वैशाख १६ गतेदेखि २०८३ वैशाख १६ गतेसम्म ३६६ दिनको लागि मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
२०८२ वैशाख १० गतेसम्म लिन चाहेको रकम र ब्याजदर प्रस्ताव गर्न आह्वान गरेको छ ।
राष्ट्र बैंकले वाणिज्य बैंकमा ४६ करोड ४० रुपैयाँ, राष्ट्रियस्तरका विकास बैंकमा ८ करोड ७० लाख रुपैयाँ र राष्ट्रियस्तरका विकास बैंकमा २ करोड ९ लाख रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
प्रतिक्रिया दिनुहोस्