जम्मु–कश्मीरमा आतङ्ककारी आक्रमणमा परि मृत्यु हुने न्याैपाने रुपन्देहीका


काठमाडौँ । भारतको जम्मु–कश्मीरमा आतङ्ककारी आक्रमणमा परि मृत्यु हुने नेपाली रुपन्देहीको बुटवल–११, कालिकानगरका सुदिप न्यौपाने भएको खुलेकाे छ ।

परराष्ट्रमन्त्री आरजु राणा देउवाले आतङ्ककारी आक्रमणमा मृत्यु हुनेको नाम र ठेगाना जानकारी गराएकी हुन् । आक्रमणमा न्यौपानीकी आमा घाइते भएको परराष्ट्रमन्त्री राणाले जानकारी गराएकी छन् ।

उनले आक्रमण क्रुर र अमानवीय कार्य भएको बताएकी छन् ।

उनले भनिन्,“ यस्तो क्रुर र अमानवीय कार्यको जति निन्दा गरे पनि पुग्दैन । नेपाल सरकार यो घटनाको निन्दा एवं भत्र्सना गर्दछ र यस दुःखको घडीमा भारत सरकार र भारतीय जनताको साथमा रहेको छ ।”

घटनाका बारेको थप जानकारीका लागि परराष्ट्र मन्त्रालय सम्पर्कमै रहेको उनको भनाई छ । भारतको जम्मु कश्मीरको पहलगाममा पर्यटकमाथि भएको आतङ्कारी आक्रमणमा एक नेपालीसहित कम्तिमा २५ जना भन्दा बढीकाे मृत्यु भएको भारतीय सञ्चारमाध्यामले जनाएका छन् ।

आक्रमणको द रेजिस्टेन्स प्रन्टले लिएको छ । आक्रमणपछि साउदी अरबको पाँच दिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भ्रमण छोट्याएर तीन दिनमै स्वदेश फर्केका छन् ।