प्रतितोला २ सयले बढ्यो सुनको मूल्य


काठमाडौं । नेपाली बजारमा छापावाला सुनको मूल्य सामान्य बढेको छ । बिहीबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज बजारमा छापावाला सुन प्रतितोला १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

हिजो बुधबार सुनको मूल्य प्रतितोला ७ हजार ५ सय रुपैयाँले घटेर १ लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्यमा समेत वृद्धि भएको छ । चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँले बढेर २ हजार १० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।