हकप्रद सेयर निष्कान गर्दै सन नेपाल लाइफ


काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आगामी वैशाख ३० गतेदेखि १ः०ः२७ को अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो ।

कम्पनीले चुक्ता पुाजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँबराबरको १ः०.२७ अनुपातमा रु१०० अंकित दरका १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद निष्कासन गर्न लागेको हो । कम्पनीले नेपाल प्राधिकरणले तोकेको चुक्तापुँजी पु¥याउनको लागि हकप्रद सेयर निष्काशन गरेको हो । हकप्रद सेयर निष्काशनपश्चात कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद सेयर निष्काशनको लागि गत चैत ३ गते अनुमति प्रदान गरेको थियो ।

उक्त हकप्रदमा लगानीकर्ताले जेठ १९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ।

लगानीकर्ताले सन नेपाल लाइफ इन्स्योरेन्सको पुतलीसडक कार्यालय , कम्पनीको विराटनगर, विरगञ्ज,पोखरा,बुटवल,नेपालगञ्ज,सुर्खेत,धनगढी शाखा कार्यालय, नेपाल एसबिआई मर्चेन्ट बैंकिङ र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत वैशाख ५ गते बुक क्लोज गरेको थियो। यसर्थ वैशाख ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।