काठमाडाैँ । पराराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले थाइल्याण्डमा सम्पन्न युएनएसक्याप सम्मेलनमा आफूले गरेको अध्यक्षताले नेपालको अन्तर्राष्ट्रिय छवि राम्रो भएको बताएकी छिन् ।
थाइल्याण्डमा सम्पन्न युनाइटेड नेशन इकोनोमिक एण्ड सोसल कमिसन फर एशिया एण्ड द प्यासिफिक (युनएनएसक्याप) ८१ औँ सम्मेलनमा भाग लिएर शुक्रवार स्वदेश फर्किएकी परराष्ट्रमन्त्री डा. राणाले यस्तो बताएकी हुन्।
उनले सम्मेलनमा एशिया प्रशान्त क्षेत्रको आर्थिक तथा सामाजिक विकासका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको बताइन् । भूपरिवेष्ठित तथा ९२ साना राष्ट्रहरु सम्मिलितमा बैठकमा दिगो विकासका लक्ष्यहरु हासिलका लागि क्षेत्रिय तथा अन्तर्राष्ट्रिय सहयोगका बारेमा छलफल भएको उनले बताइन् ।
उनले भ्रमणका क्रममा नेपालमा हुन लागेको सगरमाथा संवादका बारेमा पनि छलफल भएको उल्लेख गरिन् । नेपालले व्यापारसम्बन्धी पाइरहेको सहुलियतहरु विकासिल राष्ट्रमा स्तरोन्नति भएपछि के हुन्छ भन्नेबारे पनि छलफल भएको उनको भनाइ छ ।
पराराष्ट्रमन्त्री राणाले सरकार परिवर्तन हुन लागेको भन्ने सञ्चारकर्मीको प्रश्नमा त्यस्ता समाचार हल्ला र मनोरञ्जनका लागि आउने गरेको बताइन् । सरकार परिवर्तन हुँदैछ भनेर प्रकाशित समाचार पढेर आफू छक्क परेको उनको भनाइ थियो
प्रतिक्रिया दिनुहोस्