काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूलाई जोडेर पदमार्ग बनाउन प्रस्ताव गरेका छन् ।
शुक्रवार अन्तर्राष्ट्रिय वैज्ञानिक समिति (काठमाडौंँ उपत्यका विश्व सम्पदा क्षेत्र) को तेस्रो वार्षिक बैठकलाई सम्बोधन गर्दै उनले काठमाडौंभित्र धेरै सम्पदाहरु रहेको उल्लेख गर्दै स्वयम्भू, हनुमान ढोका क्षेत्र, पाटन क्षेत्र, भक्तपुर दरबार स्क्वायर, चाँगुनारायण, बौद्ध, पशुपतिनाथ लगायतका क्षेत्रहरूका लागि छुट्टै पदमार्गको विकास गर्न जरुरी देखिएको बताएका हुन् ।
यसले पर्यटकलाई निश्न्ति भएर घुम्न मिल्ने र सम्पदाको पनि संरक्षण हुने विश्वास व्यक्त गरे । उनले नेपालमा जतिसुकै बेला पनि ठूलो भूकम्प जानसक्ने भन्दै त्यसका लागि सचेत भएर बस्नुपर्ने बताए । उनले यसका लागि तीन तहकै सरकारले मिलेर काम गर्न जरुरी रहेको बताए ।
मन्त्री पाण्डेले नेपालको संस्कृति र प्रकृतिलाई विश्वसामु चिनाउने काम गर्न जरुरी रहेको बताए। भूकम्पपछिको पुनःनिर्माणसँगै नेपालीको आस्था, धारोहर र आत्मविश्वास उठेको बताए ।
प्रतिक्रिया दिनुहोस्