माछापुच्छ्रे बैंक र अल मुजैनी एक्सचेन्ज बिच रेमिट्यान्स सेवा सम्झौता


काठमाडौँ । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्सलाई अझ सहज, सरल तथा विश्वासिलो बनाउने उद्धेश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले कुवेत स्थित अल मुजैनी एक्सचेन्जसँग औपचारिक सम्झौता गरेको छ ।

बैंकले कुवेतमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन सहज होस् भन्ने लक्ष्यका साथ कुबेत स्थित अल मुजैनी एक्सचेन्जसंग सहकार्य गरि रेमिटेन्स सेवा सुरुवात गरेको हो । बैंकले २०८२ वैशाख ११ गते कुवेत स्थित होटल मिलेनियम साल्मियामा एक औपचारिक कार्यक्रमको आयोजना गरि अल मुजैनी एक्सचेन्जसँग औपचारिक रुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।

औपचारिक कार्यक्रममा माछापुच्छ«े बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र कुवेत स्थित अल मुजैनि एक्चेन्जका महाप्रवन्धक हुग फर्नान्डिजले सम्झौतापत्र एकआपसमा हस्तान्तरण गरेका हुन् ।

माछापुच्छ«े बैंकले कुवेतमा उक्त सेवा सुरुवात गरे पश्चात अव कुवेतमा रहेका नेपालीहरुले कुवेत स्थित अल मुजैनी एक्सचेन्जका १४५ वटा शाखाबाट पठाएको रकम सजिलैसँग माछापुच्छ«े बैंकका १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्सन काउण्टर तथा २० हजार भन्दा बढि रेमिट्यान्स एजेन्ट मार्फत सजिलै भुक्तानी लिन सक्ने जनाएको छ । बैंकले अल मुजैनी एक्सचेन्जबाट पठाइएको रेमिटेन्स नेपालका जुनसुकैै बैंक खातामा तुरुन्त जम्मा हुने व्यवस्था मिलाएको छ ।