विकसित राष्ट्रहरूको व्यापार युद्धको प्रतिकुल असरलाई ध्यान दिएर बजेट आउनुपर्छः गोकर्ण विष्ट


काठमाडाैँ । नेकपा एमालेका सचिव गोकर्ण विष्टले विश्व अर्थतन्त्रमा विश्व अर्थतन्त्रका देखापरेको समस्या र चुनौतिलाई मध्यनजर गरी आगामी आर्थिक वर्षको बजेट आउनुपर्ने बताएका छन् ।

प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै उनले विश्व अर्थतन्त्रमा नयाँ प्रकारका संकट र समस्याहरू देखिएको बताएका हुन्।

उनले अति विकसित देशहरुको व्यापार युद्धको प्रतिष्पर्धाको प्रत्यक्षरूपमा प्रतिकुल असरका सामना नेपालले पनि गर्नुपर्ने बताए । उनले अर्थतन्त्रमा समस्या र चुनौति थपिए पनि आन्तरिक रूपमा सम्भावित सम्भावना खोज्नुपर्ने बताए । उनलेआन्तरिक रुपमा पनि लामो समयदेखि नेपालको अर्थतन्त्रको अवस्था चुनौतिपूर्ण रहेको बताए ।

सचिव विष्टले पञ्चायती व्यवस्थाको अन्त्यपछि लोकतान्त्रिक अभ्यासले देशको गरिबी निवारणलगायत अर्थतन्त्रको क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेको दाबी गरे ।