काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले मुलुकमा परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानि अवरोध सिर्जना गर्ने काम गरेको आरोप लगाएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै कार्यवाहक सभापति अर्यालले दैनिक १८ घण्टा काम गरेर देशलाई उज्यालो बनाउने व्यक्ति नै सरकारको निशानामा परेको टिप्पणी गरेका छन् ।
गभर्नरर विभिन्न आयोगहरूमा भएको नियुक्ति शिक्षक र स्वास्थ्यकर्मीको आन्दोलन तथा शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज ढाक्न नसकेको उनको भनाइ छ । उनले सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा उल्लेख गर्दै गम्भिर हुन सरकारको ध्यानाकर्षण गराए।
उनले सरकारप्रति विश्वास नभएकै कारण बैंकले कम ब्याजमा ऋण दिन्छुभन्दा पनि व्यवसायीहरु व्यवसाय गर्न तयार नरहेको उल्लेख गरे ।
“गभर्नर नियुक्ति, संवैधानिक परिषद्को बैठक, विभिन्न आयोगमा नियुक्ति र सडक शिक्षक, स्वास्थ्यकर्मी लगायतका विषय र शिक्षामन्त्रीको राजीनामाले सरकारको लाज नढाँकेको अवस्था छ । सरकारले अन्तर्राष्ट्रिय सम्बन्ध सन्तुलित र सम्मानजनक बनाउन नसकेकोमा दुःख लागेको छ । यस विषयमा सरकार गम्भिर होस् । निजी क्षेत्रको अवस्था पनि दयनीय छ । सरकारप्रति विश्वास छैन,” उनले भने ।
उनले मुलुकको समग्र सुधारको लागि पटक पटक सरकामा गएका दलहरुमध्ये अग्रसरता कसले लिने ? भन्दै प्रश्न गरे ।
प्रतिक्रिया दिनुहोस्