जनकपुरधाममा चिकित्सकहरूको विरोध प्रदर्शन


काठमाडाैँ । नेपाल चिकित्सक संघको आह्वानमा तथा जनकपुर अञ्चल शाखाको अगुवाइमा जनकपुरधाममा चिकित्सकहरूले विरोध प्रदर्शन गरेका छन् । 

आन्दोलन अन्तर्गत शुक्रवार जिल्ला प्रशासन कार्यालय, धनुषामा आयोजना गरिएको धर्नामा सयौं चिकित्सकहरूको उपस्थिति रहेको थियो ।

उनीहरूले आपतकालीन सेवा बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गरेका छन् । चिकित्सकहरूकाअनुसार चिकित्सा शिक्षा आयोगको १६ औं बैठकमा आवासीय चिकित्सकहरूलाई जीवन निर्वाह भत्ता उपलब्ध गराउने निर्णय भएपनि हालसम्म कार्यान्वयन नभएको भन्दै आफूहरू आन्दोलनमा उत्रिन बाध्य भएको जनाएका छन् । आन्दोलनको क्रममा चिकित्सकहरूले ¥याली निकाल्नुका साथै जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका थिए ।