काठमाडाैँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राज्यसत्तामा रहेकाहरूको कमजोरीकै कारण लोकतान्त्रिक व्यवस्था खतरामा रहेको बताएका छन् ।
प्रतिनिधि सभाको शुक्रवारको बैठकमा बोल्दै अध्यक्ष केसीले सत्तामा गएकाहरूले अप्ठ्यारो परेको बेला सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने प्रवृत्तिका कारण व्यवस्थामाति खतरा बढेको बताएका हुन्।
उनले लोकतन्त्र र गणतन्त्रमाथि भइरहेको व्यापक हमलाको समाधान सबै दलहरू मिलेर गर्नुपर्ने समेत बताए ।उनले सत्तामा बसेकाहरु नै भ्रष्टाचारमा लिप्त र व्यवस्थाविरोधी काम गरिरहे जनतालाई सम्झाउन नसकिने उनको भनाइ छ ।
“सत्ता र शक्तिमा गएकाले जब अप्ठ्यारो पर्छ सम्झौता गर्ने, सम्झौतालाई कार्यान्वयन नै नगरिदिने । ०४६ सालको कुरा भन्नुस्, २०६२÷०६३ सालको कुरा भन्नुस् । अहिले पनि हजारौं शिक्षकहरु सडकमा छन् । चारैतिरबाट जुन लोकतन्त्र र गणतन्त्रमाथि व्यापक हमला भइरहेको छ यसमा हामी सबै मिलेर समाधान गर्ने हो,”उनले भने ।
उनले अहिलेपनि कतिपय जिल्लामा २० रुपैयाँ तिरेर बाँसको पुल तर्नुपर्ने बाध्यतामा जनता रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्