प्रधानमन्त्री ओली र सभापति देउवाबिच सत्ता सहकार्य सुदृढ गर्ने विषयमा छलफल


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ।

हिजाे बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आयोजित भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा गम्भीर छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार भेटमा सरकार परिवर्तनका विषयमा सञ्चालित हल्लाहरूलाई गलत र निराधार भन्दै नेताहरूले खारेज गरेका छन्। भेटवार्तामा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थियाे ।

प्रधानमन्त्री ओली र सभापति देउवाबिच भएको पछिल्लो भेट सत्ता स्थायित्व र सहकार्यलाई मजबुत बनाउन केन्द्रित रहेको बताइएको छ।