नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ


sकाठमाडौं । प्रहरीले नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार (हिजो) सांसद राईलाई नियनत्रणमा लिएर अनुसन्धान गरिरहेको जानकारी संसद सचिवालयमा पठाएको जनाएको छ ।

सांसद राईलाई शनिबार साँझ कपनस्थित उनकै घरबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।