सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढ्यो


काठमाडौँ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार एक लाख ८९ हजार ६०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य आइतबार एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार ७०० रुपैयाँ कायम भएको हो ।

चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँ कायम भएको छ ।