परिस्थितिसँगै कार्यशैली पनि बदलिनुपर्छः सञ्चारमन्त्री गुरुङ


काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने बताएका छन् ।

नेपाल चलचित्र संघको ५० औं वार्षिक साधारण सभाको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले परिस्थिति बदलिएपछि ऐन, कानून बदलिनुपर्ने, परिस्थिति बदलिएपछि कार्यशैली बदलिनुपर्ने, परिस्थिति बदलिएपछि सिस्टम बदलिनुपर्ने बताए।

मान्छे मात्रै बदलिएर केही नहुने उल्लेख गर्दै सञ्चारमन्त्रीले राजा महेन्द्रको पालामा बनेका कानूनका कारण विकास हुन नसकेको जिकिर गरे । उनले आफूले शुरुमा विकास गर्ने र सुशासन कायम गर्ने मन्त्रालय (गृह वा भौतिक पूर्वाधार तथा यातायात) मागेको भएपनि प्रधानमन्त्रीको आग्रहा सञ्चार मन्त्रालयमा गएको बताउनु भयो ।

उनले भने गृह मन्त्रालयको नेतृत्व गरेर अहिलेको बेथितिहरु हटाउने चाहना प्रकट गरे पनि यस पटक पूरा हुन सकेन ।

सञ्चारमन्त्री गुरुङले सरकारले सामाजिक सञ्जाल, प्रयोग, सञ्चालन र नियमन विधेयक पेश गरेको बताउँदै यसबाट कोही पनि तर्सिन आवश्यक नरहेको बताए । उनले भने, कसैको पनि अभिव्यक्ति स्वतन्त्रता हनन हुँदैन, अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्ने दायित्व सरकारको हो हामी सरकारमा आएको ९ महिनामा धेरै साइबर अपराध बढेको देखियो । त्यसको नियन्त्रण गर्ने दायित्व सरकार हुनाले त्यससम्बन्धी विधेयकमा छलफल चलिरहेको छ।

उनले आम सञ्चार ऐन, हुलाक सञ्चार ऐन संशोधन गर्न लागिरहेको जानकारी दिँदै सञ्चारमन्त्रील गुरुङले नेपाललाई आइटी हबको रुपमा विकास गर्न सकिने बताए ।

मन्त्री गुरुङले चलचित्र ऐन राष्ट्रिय सभामा आज टेबुल गरिने पनि जानकारी गराए ।