शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटामा सहमति भइसक्योः सांसद विश्वकर्मा


काठमाडाैँ । नेकपा एमालेका सांसद छविलाल विश्वकर्माले विद्यालय शिक्षा विधेयकका १६३ वटा दफामध्ये १२७ वटा दफाहरुमा सहमति भइसकेको बताएका छन् । 

आइतवार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँगको कुराकानीमा उनले १६३ वटा दफामध्ये १२७ वटा दफाहरुको टुंगो लागिसकेको र बाँकी दफाहरु छिटै टुंग्याउने उल्लेख गरेका हुन् ।

उनले विद्यालय शिक्षा विधेयकलाई छिटो पारित गर्नेगरी काम भइरहेको र शिक्षा, सञ्चार तथा सूचना प्रविधि समितिले दिएको ३५ दिनको समय सीमाभित्र रहेर नै उपसमितिले काम सक्ने दाबी गरे ।उनले त्यसका लागि विद्यालय शिक्षा विधेयकमा गम्भीर ढंगले समीक्षा गरिएको बताए ।

उनले तत्काल सम्बोधन गर्नसक्ने कुरामा सरकारलाई तयार बनाउन र आन्दोलन रोकेर वार्तामा आउन शिक्षकहरूसँग आग्रह गरे ।