राष्ट्र बैंकले ३ अर्ब ८४ करोड रुपैयाँ मुद्दती निक्षेपमा राख्दै


काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषहरुमा रहेको रहेको ३ अर्ब ८४ करोड ३८ लाख रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुमो मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।

राष्ट्र बैंकले २०२५ मे १७ देखि २०२६ मे १७ सम्म ३६६ दिनको लागि मुद्दती निक्षेपमा राख्न लागेको जनाएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको ब्याजदर तोकेर राष्ट्र बैंकमा प्रस्ताव पेश गर्न सक्ने उल्लेख गरिएको छ ।

राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा ३ अर्ब ७ करोड ५२ लाख रुपैयाँ, विकास बैंकले ५७ करोड ६५ लाख रुपैयाँ र वित्त कम्पनीहरुको मुद्दती निक्षेपमा १९ करोड २१ लाख रुपैयाँ राख्ने जनाएको छ ।