आइएमएफका एसिया तथा प्रशान्त विभागका निर्देशक कृष्णा श्रीनिवासनले कम आय भएका एसिशाली अर्थतन्त्रहरू विशेषरूपमा प्रभावित हुनसक्ने चेतावनी दिएका छन् ।
अहिले भइरहेकाे व्यापार तनावका कारण एसियाको वृद्धि सुस्त छ । गत बिहीवार आइएमएफले बढ्दो व्यापार तनावको बिचमा यस वर्ष एसिया र प्रशान्त क्षेत्रको वृद्धि ३.९ प्रतिशतमा झर्ने अनुमान गरेको छ । जुन अघिल्लो प्रक्षेपणभन्दा ०.५ प्रतिशत बिन्दुले गिरावट हो ।
आइएमएफले एसियाको लागि आफ्नो पछिल्लो प्रक्षेपण जारी गरेपछिको अन्तर्वार्तामा श्रीनिवासनले ट्यारिफ, व्यापार तनाव, बढेको अनिश्चितता र वित्तीय अवस्थाको कडापनलाई डाउनग्रेडको कारण बनाइएको बताए ।
बढ्दो अनिश्चितता, वित्तीय अवस्थाको थप कडापन र वाह्य मागको थप सुस्तता, यी सबै क्षेत्रलाई अझ नकारात्मक रूपमा असर गर्नसक्ने उल्लेख गरे ।
आईएमएफका अधिकारीले अमेरिकी भन्सार शुल्कको खतराको सामना गर्दै साना र कम आय भएका अर्थतन्त्रहरूलाई धेरै ठूलो तरिकाले असर पर्नसक्ने बताए ।
श्रीनिवासनले एसियाली अर्थतन्त्रहरूलाई घरेलु खपत बढाउन र घरेलु माग र निर्यात दुवैमा निर्भर हुने सन्तुलित वृद्धि मोडेल विकास गर्न प्रोत्साहित गरे । आईएमएफ अधिकारीले क्षेत्रीय आर्थिक एकीकरणलाई मजबुत बनाउन पनि सुझाव दिए ।
प्रतिक्रिया दिनुहोस्