मंगलबार नेप्से १५ अंकले घट्यो


काठमाडौं । साताको कारोबारको तेस्रो दिन सेयरबजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आइतबार सेयर मापक सूचक नेप्से परिसूचक १५.०८ अंकले घटेर २६३१.९८ अंकमा पुगेको छ ।

आजको दिन नेप्सेमा कारोबार भएका कुल १३ उपसमुहमध्ये १२ उपसमुहको सेयर मूल्य घटेको छ भने म्युचुअल फण्ड उपसमुहको सेयरमूल्य बढेको छ ।

मंगलबार नेप्सेमा सानिमा माई हाइड्रोपावरको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ८२ करोड ४३ लाख ७३ हजार बढिको कारोबार भएको छ ।

आजको दिन नेप्सेमा क्रेष्टमाइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

त्यस्तै आजको दिन नेप्सेमा मध्यभोटेकोसी जलविद्युत् कम्पनीका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ९.८८ प्रतिशतले घटेको छ ।

कुल ३११ कम्पनीको १ करोड ८४ लाख ९१ हजार ९ सय ४१ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ५७ करोड ५२ लाख ६ हजार २ सय ७८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।