जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबिच आज एकता हुँदै


काठमाडौं । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच बुधवार पार्टी एकता हुँदैछ । नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने नागरिक उन्मुक्ति पार्टीका एक नेताले बताए ।

उनका अनुसार जनमत र नागरिक उन्मुक्ति पार्टी एकीकरण पछि पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ रहनेछ ।

जसको संरक्षकमा उन्मुक्ति पार्टीका रेशम चौधरी रहने छन्, भने जनमतका सीके राउत अध्यक्ष र नागरिक उन्मुक्तिकी रञ्जिता श्रेष्ठ सहअध्यक्ष रहने सहमति भएको छ । एकता पछिको नयाँ पार्टीको चुनाव चिह्न ढकिया हुनेछ ।

सहमति अनुसार मर्यादाक्रममा क्रमशः चौधरी, राउत र श्रेष्ठ रहनेछन् भने २५ सदस्यीय केन्द्रीय पदाधिकारी, ५१ सदस्यीय केन्द्रीय कार्यसमिति र दुवैतर्फबाट ३५०र३५० गरी कम्तीमा ७ सय केन्द्रीय सदस्य रहने छन् ।