सिद्धार्थ बैंकको ३ लाख ९१ हजार कित्ता संस्थापक सेयर बिक्रीमा


काठमाडौं । सिद्धार्थ बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख कित्ता बढि सेयर बिक्री खुला गरेको छ । बैंकले विभिन्न पाँच जना व्यक्तिको नाममा रहेको ३ लाख ९१ हजार कित्ता सेयर बिक्रीका लागि आवेदन खुला गरेको छ ।

नेपाल राष्ट्रबैंकको व्यवस्थाअनुसार उक्त सेयर खरिदको लागि विद्यमान संस्थापक सेयरधनीहरुलाई नै पहिलो प्राथमिकतामा राखिने बैंकले जनाएको छ । इच्छुक संस्थापक सेयरधनीहरुले आज (वैशाख १७ गते) गतेदेखि ३५ दिन भित्र यस बैंकको केन्द्रीय कार्यालय नक्साल, काठमाडौंमा आफूले खरिद गर्न चाहेको सेयर संख्या खुलाई निवेदन पेश गर्नुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेमा सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।