काठमाडौं । सेयरबजारमा बुधबार दुई कम्पनीले सबैभन्दा धेरै कमाएका छन् । नेपाल स्टक एक्सचेन्जका अनुसार आज समाज लघुवित्त वित्तीय संस्था र नेपाल माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् ।
यी दुवै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ । समाज लघुवित्तको सेयरमूल्य प्रतिकित्ता २१७ अंकले बढेर २३८७ अंकमा पुगेको छ भने नेपाल माइक्रो लाइफको सेयरमूल्य प्रतिकित्ता १२६ अंकले बढेर १३८७.४० अंकमा पुगेको छ ।
त्यस्तै अन्य कम्पनी क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, विन नेपाल लघुवित्त, सिनर्जी पावर डेभलपमेन्ट, मातृभुमि लघुवित्त, रिडी पावर, हिमालयन पावर, १० प्रतिशत एनआइसी एसिया डिबेन्चर२०८५/८६ र हिमालय उर्जा विकास कम्पनीको सेयरमूल्य , ९.९९, ८.७७, ८.३६, ७.३१, ७.२४, ७.०६, ५.९५, ५.३६ प्रतिशतले वृद्धि भएको छ ।
धेरै गुमाउने कम्पनी
नेप्सेमा आज भूगोल इनर्जी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ ।
त्यस्तै कर्पोरेड डेभलपमेन्ट बैंक, तारागाउँ रिजेन्सी, लक्ष्मि लघुवित्त, सप्तकोशी डेभलपमेन्टको सेयरमूल्य क्रमश ५.७५, ३.७७, ३.३८, ३.०५ प्रतिशतले घटेको छ भने अन्य १२ कम्पनीको सेयरमूल्य २ प्रतिशतले घटेको छ ।
अाज कुल ३१४ कम्पनीको २ करोड ६४ लाख १ हजार २ सय ६१ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब ३७ करोड ४१ लाख बढिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्