काठमाडौँ । सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिको सदस्यमा नियुक्त गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीको नियुक्ति टुंगो लगाएको हो।
यसअघि चैत १० गते उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा गभर्नर नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको थियो। उक्त समितिमा सदस्यका रूपमा रहेका पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएपछि रिक्त स्थानमा अधिकारीलाई ल्याइएको हो।
गठित समितिमा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष प्रा.डा. विश्वनाथ पौडेल पनि सदस्य छन्। चैत २४ गते महाप्रसाद अधिकारीको कार्यकाल समाप्त भएपछि डेपुटी गभर्नर निलम ढुंगानाले कार्यबाहक गभर्नरको रूपमा जिम्मेवारी सम्हालिरहेकी छन्।
प्रतिक्रिया दिनुहोस्