काठमाडौँ। अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले श्रमिकहरूको योगदानको प्रशंसा गर्दै एक सन्देश सार्वजनिक गरेका छन्।
फेसबुकमार्फत् सार्वजनिक गरिएको सन्देशमा ओलीले देशको प्रगति श्रमिकहरूको पसिना र समर्पणले सम्भव भएको उल्लेख गरेका छन्। “देश अघि बढेको छ श्रमिकको पसिनाले, समाज बाँचेको छ उनीहरूको समर्पणले,”उनले लेखेका छन् ।
सन्देशमा उनले आफ्नो नेतृत्वकालमा सुरु गरिएको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाको उल्लेख गर्दै सुरुवाती समयमा आलोचना सहनुपरेको जनाएका छन्।
“व्यङ्ग्य र ट्रोलहरू सहनुपर्यो,” ओलीले लेखेका छन्, “तर आज २० लाखभन्दा बढी श्रमिकले यस योजनाबाट भरोसा पाएका छन्।”
उनले सबैलाई श्रमिक र श्रमलाई सम्मान गर्न आह्वान गरेका छन्।
प्रतिक्रिया दिनुहोस्