सुनको मूल्य एकैदिन ४६ सय रूपैयाँले घट्यो


काठमाडौँ । बिहीबार छापावाल सुनको मूल्य तोलामा ४ हजार ६०० रूपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ८८ हजार १०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य बिहीबार ४ हजार ६०० रूपैयाँले घटेर एक लाख ८३ हजार ५०० रूपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य ५० रूपैयाँले घटेर एक हजार ९१५ रूपैयाँ कायम भएको छ ।