युद्धका कारण ठुलो क्षति भोग्दै गाजाका किसान


काठमाडौं । गाजा शहरको पश्चिममा रहेको ताल अल–हवामा ४९ वर्षीय प्यालेस्टिनी किसान अक्रम अबु खोसा प्रायः आफ्नो बाल्कोनीमा चुपचाप बस्छन् ।

हातमा स्मार्टफोन लिएर उनी आफ्नो एक समयको जीवन्त स्ट्रबेरी खेतहरूको फोटो र भिडियोहरू हेर्छन् । दुई वर्ष पहिले हरेक बिहान खेतहरूको बीचमा ताजा हावा सास फेर्ने गरेको उनी सम्झन्छन् । तर अब भिडियो र फोटोहरूमार्फत वरिपरिको विनाश हेर्न बाध्य छन् ।

बेइत लाहियामा अबु खोसाको पारिवारिक फार्म एक समय नवप्रवर्तनको मोडेल थियो । उनले वार्षिक रूपमा लगभग ३७ टन फलफूल उत्पादन गर्दथे । तर अब खेतहरू भग्नावशेषमा छन् ।

हमासद्वारा सञ्चालित गाजा कृषि अधिकारीहरूका प्रवक्ता मोहम्मद अबु ओडाकाअनुसार अबु खोसा इजरायली आक्रमणका कारण आफ्नो जग्गा गुमाउने ५५ हजार भन्दा बढी किसानमध्ये एक हुन् ।

लगभग १ लाख ६७ हजार डुनम ९१६ हजार ७ सय हेक्टर० कृषि जमिन नष्ट वा क्षतिग्रस्त भएको छ । प्रत्यक्ष कृषि क्षति ३२६ मिलियन अमेरिकी डलर अनुमान गरिएको छ । – एजेन्सी