शुक्रबार कति छ सुनचाँदीको मूल्य ?


काठमाडौँ । शुक्रबार छापावाल सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला एक लाख ८३ हजार ५०० रूपैयाँ रहेको छापावाल सुनको मूल्य शुक्रबार पनि सोही मूल्य कायम भएको हो ।

चाँदीको मूल्य १५ रुपैैयाँले बढेर एक हजार ९३० रूपैयाँमा कारोबार भइरहेको छ ।