संयुक्त राज्य अमेरिकासँग व्यापार वार्ता गर्न अमेरिकाको प्रस्तावहरूको सुक्ष्म मूल्याङ्कन गरिरहेको चीनले बताएको छ । जसका कारण दुई देशबिच वार्ताको ढोका खोल्न सक्ने अपेक्षा गरिएको छ ।
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले एक विज्ञप्तिमा अमेरिकाले हालै सम्बन्धित पक्षहरू मार्फत चीनसँग वार्ता गर्ने आशामा धेरै धेरै सन्देशहरू पठाएको र चीनले यसको मूल्याङ्कन गरिरहेको उल्लेख गरिएको ।
यसले बेइजिङको अडानमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नरमपनको संकेत गरेको छ ।
ट्रम्पको प्रशासन व्यापार सम्झौता गर्न चिनियाँ अधिकारीहरूसँग वार्ता गर्न तयार भएपनि बेइजिङले अस्वीकार गर्दै आइरहेको छ । ट्रम्पले गत हप्तादेखि नै चीनसँग वार्ता गर्न तयार रहेको बताउँदै आएपनि चनिले अस्वीकार गर्दै आएको सिएनएनले जनाएको छ ।
शुक्रबार बेइजिङले कुनै पनि वार्ताका लागि केही पूर्वसर्तहरू पूरा गर्न आवश्यक पर्ने दोहो¥याएको छ ।
“ट्यारिफ र व्यापार युद्ध अमेरिकाले एकतर्फी रूपमा सुरु गरेको थियो । यदि वार्ता गर्न चाहन्छ भने, यसले वास्तविक इमानदारी प्रदर्शन गर्नुपर्छ – जसमा आफ्ना गल्तीहरू सच्याउन र आफ्नो एकतर्फी ट्यारिफ वृद्धि रद्द गर्न तयार हुनुछपर्छ,” प्रवक्ताले भने, “चीनको अडान स्थिर छः यदि यो लडाई हो भने, हामी यसलाई अन्त्यसम्म हेर्नेछौं। यदि यो वार्ता हो भने, ढोका खुला छ ।”
बिहीबार अमेरिकी विदेशमन्त्री मार्को रुबियोले ट्रम्पको करले चिनियाँ अर्थतन्त्रलाई हानि पु¥याएको र रोजगारी गुमाउने अवस्था रहेको बताएका छन् । उनले बेइजिङ वार्ता गर्न उत्सुक रहेको उल्लेख गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्