मन्त्रिपरिषद् बैठक र राज्यमन्त्रीको सपथ ग्रहण स्थगित, कांग्रेसले बोलायो आकस्मिक बैठक


काठमाडौं । अहिले बस्ने भनिएको मन्त्रिपरिषद् बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेको लागि डाकिएको मन्त्रिपरिषद् बैठकको साथै नवनियुक्त उर्जा राज्यमन्त्रीको सपथ ग्रहण समेत रोकिएको स्रोतले जनाएको छ ।

सपथ ग्रहणकै समयमा डाकिएकाे मन्त्रिपरिषद् बैठक अर्काे सूचना नअाइन्जेलकाे लागि स्थगित गरिएकाे छ ।

सरकारले हिजो नेपाली कांग्रेसका खमबहादुर गर्बुजालाई ऊर्जा राज्यमन्त्री नियुक्त गरेको थियो । आज शपथग्रहण भनिएकोमा स्थगनको सूचना आएको हो ।

स्रोतका अनुसार मन्त्रिपरिषद् बैठक र सपथ ग्रहण रोकिएसँगै नेपाली कांग्रेसले संसदीय दलको आकस्मिक बैठक बोलाएको छ ।