नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरिने


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेडको पुनर्संरचना गरिने भएको छ ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले नेप्सेको पुनर्संरचना गरिने बताएका हुन् ।

नीति तथा कार्यक्रममा भनिएको छ, ‘धितोपत्र बोर्ड सुदृढीकरण तथा नेपाल स्टक एक्सचेन्जको पुनर्संरचना गरी पुँजी बजारको क्षमता एवम् पारदर्शिता वृद्धि गरिनेछ ।’े

त्यस्तै राष्ट्रपति पौडेलले फजुल खर्च रोक्न अनावश्यक सार्वजनिक संरचना खारेज गरिने बताएका छन् ।