काठमाडाैँ । सरकारले विभिन्न राजमार्गलाई हरित व्यवसायमा आधारित आर्थिक राजमार्ग बनाउने भएको छ ।
शुक्रवार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।
उनले पुस्पलाल मध्यपहाडी राजमार्ग, बिपी राजमार्ग, मदन भण्डारी राजमार्ग तथा कोरिडोरहरुलाई अरित व्यवसायमा आधारित राजमार्गको रुपमा स्थापित गराइने बताए।
राष्ट्रिय एकीकृत कृषि आधुनिकीकरण कार्यक्रमका रुपमा निरन्तरता दिइने बताए । उनले कृषि आधुनिकीकरण परियोजनालाई पुनरसंरचना गरिने बताए ।
राष्ट्रपति पौडेलले माटोको जैविक गुणमा कमी आउन नदिन प्राङ्गारिक मल उत्पादन र प्रयोगमा प्रोत्साहन गरिने सरकारको नीति रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्