जैविक मलको प्रयोगलाई प्रोत्साहन गरिने


काठमाडाैँ । सरकारले जैविक मलको प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।

उनले कृषि मल कारखाना स्थापनाका लागि आगामी वर्षदेखि सरकारले काम सुरू गर्ने बताए । रासायनिक मलको प्रयोगबाट मानव स्वास्थ्यमा हुने हानीको न्यूनीकरण गर्न बताए । उनले रासायनिक मलको मूल्य,आपूर्ति र वितरण प्रक्रिया परिवर्तन गरिने बताए । 

राष्ट्रपति पौडेलले कृषि, पशुपंक्षी तथा खाद्य प्रयोगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाइने बताए ।