सरकारले नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गर्ने


काठमाडौँ । सरकारले दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गर्ने भएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै दोस्रो वित्तीय क्षेत्र विकास रणनीति लागू गरिने बताएका हुन् ।

बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ् सम्पत्ति र खराब कर्जा व्यवस्थापनका लागि सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारले उल्लेख गरेको छ ।

यस्तै, सूचना प्रविधि पूर्वाधार विस्तार गरी डिजिटल अर्थतन्त्रको विकास र नगदरहित वित्तीय कारोबार अभिवृद्धि गर्ने, नीतिगत तथा कानुनी व्यवस्था गरी डिजिटल बैंक स्थापना गरिने जनाएको छ ।

सार्वजनिक संस्थानहरको विद्यमान अवस्थाको अध्ययनका आधारमा व्यवस्थापन गरी पुर्नसंरचना, निजी क्षेत्रलाई हस्तान्तरण तथा सम्पत्तिको उपयुक्त विधिबाट मौद्रीकीकरण गरिने उल्लेख गरिएको छ ।