पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने


काठमाडौँ । सरकारले पट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा युरो–६ मापदण्ड लागू गर्ने भएकाे छ । आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी दिएका हुन ।

उनले राष्ट्रपति चुरे–तराई मधेस संरक्षण परियोजनाको पुनर्संरचना गरी राष्ट्रिय चुरे संरक्षण आयोजनाको रूपमा अघि बढाइने बताए । एकीकृत जलाधार व्यवस्थापनमार्फत पानी सञ्चय, भूक्षय नियन्त्रण र क्षतिग्रस्त भूमिको पुनस्र्थापनामा ध्यान दिइने सरकारको नीति छ ।

त्यस्तै सरकारले मानव–वन्यजन्तु द्वन्द्व न्युनिकरण गर्दै राहत प्रणालीलाई बीमा प्रणालीसँग एकीकृत गर्ने बताएको छ । संरक्षण क्षेत्रमा मानव–प्रकृति सहअस्तित्व कायम गर्ने बताएको छ ।