काठमाडाैँ । सरकारले विपन्न किसानलाई सहुलियत दरमा ऋणको व्यवस्था गर्ने भएको छ ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो जानकारी गराएका हुन् ।
उनले किसानलाई परिचयपत्र दिइने बताए। किसानले पाउने सेवा सुविधालाई राष्ट्रिय परिचयपत्रमा समावेश गर्ने बताए । उनले व्यावसायिक खेतीमा बाली लगाइसकेपछि अग्रिम खरिद सम्झौता गर्ने बताए ।
राष्ट्रपति पौडेलले सरकारले कृषिमा दिने अनुदान प्राथमिक किसानलाई मात्रै दिने व्यवस्था गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्