भृकुटीमण्डपलाई अन्तर्राष्ट्रिय सभा तथा मनोरञ्जन केन्द्रको रूपमा विकास गरिने


काठमाडाैँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा काठमाडौँको केन्द्रमा रहेको भृकुटीमण्डप क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको सभा, सम्मेलन, प्रदर्शनी केन्द्र तथा मनोरञ्जन पार्कको रूपमा विकास गरिने घोषणा गरिएको छ।

शुक्रबार संसद्मा प्रस्तुत नीति तथा कार्यक्रमअनुसार काठमाडौँ उपत्यकालाई व्यवस्थित र स्वच्छ वातावरणयुक्त स्थान बनाउन नदी संरक्षण तथा अन्य पर्यावरणीय सुधारका कार्यहरू अघि बढाइनेछन्।

त्यस्तै, सहरी पूर्वाधारका लागि थप पुँजी परिचालन गर्न नगर विकास कोषलाई पुनर्संरचना गरिने र यसको स्वामित्व संघ, प्रदेश, स्थानीय तह तथा वित्तीय संस्थाहरूबिच वितरण गरिने उल्लेख छ।

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम पनि अघि बढाउने बताइएको छ।