प्रभु साहको टिप्पणीः नीति तथा कार्यक्रम क्यान्सर रोगीलाई टिबीको औषधि जस्तै


काठमाडाैँ । प्रतिनिधि सभा सदस्य प्रभु साहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम क्यान्सरको रोगीलाई टिबीको औषधि जस्तै भएको टिप्पणी गरेका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले नीति तथा कार्यक्रमको ८० प्रतिशत अघिल्लो वर्षको कपी पेस्ट भएको आरोप लगाए । उनले जनताले आगामी नीति तथा कार्यक्रमले देशलाई सङ्कटबाट निवारण गर्ने अपेक्षा गरे पनि त्यो हुन नसकेको आरोप लगाए ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष समेत रहेका साहले नीति तथा कार्यक्रमले धर्मराइरहेको आशालाई जीवित गर्नुको सट्टा चिसो पानीमा खनाएको जस्तै भएको टिप्पणी गरे ।