काठमाडाैँ । प्रतिनिधि सभामा सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम टेबुल भएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई गरेको सम्बोधनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभामा टेबुल गरेका हुन् ।
शुक्रवार अपरान्ह ३ बजे संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै सरकारको अगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । त्यस्तै सभाको बैठकले राष्ट्रपति पौडेलको सम्बोधनप्रति धन्यवाद प्रस्ताव पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्