काठमाडाैँ । नेपाली काँग्रेसका सांसद डा. उदय समशेर राणाले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्नु मुख्य विषय भएको बताएका छन् ।
शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने, कसरी बजेटमा समावेश गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय मुख्य भएको बताएका हुन् ।
उनले सरकारले पुराना नीति तथा कार्यक्रमहरूलाई पनि समावेश गरेको भन्दै खुशी व्यक्त गरे । उनले प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आउने र पुराना कार्यक्रमहरूले निरन्तरता पाउन नसक्ने अवस्था पुग्ने गरेको बताउँदै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनु सराहनीय भएको जिकिर गरे ।
उनले सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क लागू गर्ने घोषणा गरेको भन्दै यो प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्