काठमाडाैँ । पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष अग्निप्रसाद सापकोटाले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले जनताको आशा जगाउने काम नगरेको बताएका छन् ।
नीति तथा कार्यक्रमपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले नीति तथा कार्यक्रम परम्परागत भएको र कुनैपनि नयाँ कुरा नभएको टिप्पणी गरेका हुन्।
नीति तथा कार्यक्रममा वर्तमान र भविष्यको कुनै प्रष्ट मार्ग चित्र नभएको सापकोटाको दाबी थियो । नीति तथा कार्यक्रम सार संग्रहजस्तै भएकोले जनतामा कुनै उत्साह जगाउन नसक्ने स्पष्ट पारे । उनले नीति तथा कार्यक्रम निरन्तरताको क्रमभंगतामात्र भएको बताए ।
प्रतिक्रिया दिनुहोस्