काठमाडाैँ । पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरीफले शुक्रवार हालै भएको कश्मीर घटनाको विश्वसनीय, पारदर्शी र निष्पक्ष अन्तर्राष्ट्रिय अनुसन्धानको लागि आह्वान गरेका छन् ।
प्रधानमन्त्री कार्यालयको एक विज्ञप्तिअनुसार पाकिस्तानका लागि संयुक्त अरब इमिरेट्सका राजदुत हमाद ओबैद इब्राहिम सलेम अल–जबीसँगको भेटमा सरीफले यो कुरा स्पष्ट पारेका हुन्।
प्रधानमन्त्रीले भारतले कुनै प्रमाण बिना पाकिस्तानलाई घटनासँग जोड्ने प्रयास गरेको भन्दै आरोपलाई अस्वीकार गरे । उक्त घटनामा पाकिस्तानको घटनामा कुनै भुमिका नरहेको बताए ।
प्रतिक्रिया दिनुहोस्