काठमाडाैँ । बुद्ध एयरका कार्यकारी अध्यक्ष तथा प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतद्वारा लिखित पुस्तक ‘बाई द बुक’ लोकार्पण भएको छ ।शनिवार ललितपुरमा आयोजित एक कार्यक्रममा पुस्तक लोकार्पण गरिएको हो ।
पुस्तकका लेखक बस्नेतले पुस्तकमा बुद्ध एयरको सफलताको कथा समेटिएको बताए । उनले आफूले पुस्तकमा बुद्ध यएरले कस्तो अवस्थाबाट संस्था शुरु गरेर सफलतामा पुग्नसक्यो भन्नेबारे आफ्ना विचारहरु लेखिएको बताए ।
पुस्तकले नियमसंगत ढंगले सञ्चालन गर्दा कसरी कुनै पनि प्रतिष्ठान सफल बन्न सक्छ भन्ने विषयमा नयाँ पुस्तालाई उत्प्रेरणा दिने बस्नेतको भनाइ थियो ।
उद्योग व्यवसायमा लाग्न चाहने वा व्यवसायको व्यवस्थापनमा लाग्नेहरुका लागि पुस्तकले सिर्जनशिल बन्न प्रेरणा दिने उनकाे भनाइ छ ।
उनले केही व्यक्तिहरुको सोच र सपनालाई मूर्तरुप दिन सञ्चालन सुरू गरेको बुद्ध यएरमा हाल १ हजार ५ सय कर्मचारी आवद्ध रहेको बताए । पुस्तक ‘बाई त बुक’ २९ वर्षअघि सञ्चालन शुरु गरेर सफलताको शिखरमा पुगेको बुद्ध यएरको सफलताको दस्ताबेज भएको उनको भनाइ छ ।
हरेक समस्याहरुमा कर्मचारीहरु एकजुट भएर समस्या समाधानमा लागेकै कारण बुद्ध एयरले सफलता पाएको लेखक बस्नेतको भनाइ छ ।
कार्यक्रममा बोल्दै कर्मचारी सञ्चय कोषका पूर्वप्रमुख संसारभक्त श्रेष्ठले प्रारम्भिक दिनमा कोषको अगुवाइमा नेपाल-श्रीलंका मर्चेन्ट बैंकसमेतको सहवित्तीयकरणमा बुद्ध एयरलाई ऋण प्रवाह गरिएको स्मरण गरे ।
यसैगरि हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकत अशोकशमसेर जबराले तत्कालीन समयमा बैंकले सुरुमा नेकोन एयरलाई लगानी गर्दा सुरुमा सरकारी वाणिज्य बैंकहरू धितोका समस्या देखाउँदै सहवित्तीयकरणमा लगानी गर्न तयार नभएको उल्लेख गर्दै बुद्ध एयरमा लगानी गर्दा भने निजी वाणिज्य बैंकहरूकै सहवित्तीयकरणमा सफलता हासिल भएको जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्